ईरानका राष्ट्रपति हसन रुहानीले इरानले अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आइतबार टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति रौहानी सो कुरा बताएका हुन् । राष्ट्रपति रौहानीले कोभिड–१९ को महामारी र अमेरिकाले लगाएको कडा प्रतिबन्धका कारण ईरान निकै खराब स्थितिबाट गुज्रिरहेको बताए ।
उनले भने– ‘कोरोना महामारीका कारण अर्थव्यवस्थामा निकै ठूलो चुनौती देखा परेको छ, त्यसमाथि अमेरिकी प्रतिबन्धका कारण पार पाउन थप गाह्रो स्थिति पैदा भएको छ ।’





