गण्डकी प्रदेशमा फेरी ३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ्का २७ जना, तनहुँका ६ र पर्वतका १ जना गरि ३४ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा संक्रमितको संख्या ८८८ पुगेको छ ।
पोखरामा मै गरिएको परिक्षणमा कर्णाली प्रदेशका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।





