१४ औँ महाधिवेशनको कार्यतालिका बारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
बैठक आईतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुनेछ ।
कोभिड–१९ का लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरिएको स्रोतले बताएको छ ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण अगाडी बढिसकेको छ । काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा भएको थियो ।




