विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट झण्डै १ करोड मानिसहरु संक्रमित भएका छन् ।
२०१९ को अन्तिममा चिनको वुहानबाट सुरु भएको यस भाइरसको संक्रमण अहिले पुरै विश्वको २१५ देशहरुमा देखापरेको छ ।
वल्डो मिटरका अनुसार विश्वका ९९ लाख १३ हजार मानिसहरुमा यसको संक्रमण पुष्टि भएको छ ।
ति मध्ये ४ लाख ९७ हजार बढिको ज्यान गैसकेको छ । संक्रमित मध्ये ५७ हजारको अवस्था गम्भिर रहेको छ ।
५३ लाख ६२ हजार बढि मानिसहरु निको भएर घर फर्किएका छन् ।
सवैभन्दा धेरै अमेरीकामा २५ लाख ५३ हजार मानिसहरु संक्रमित भएका छन् । अमेरीकामा १ लाख २७ हजार बढिको ज्यान गैसकेको छ ।




