गण्डकी प्रदेशको नवलपुरमा सवैभन्दा धेरै १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका हिषावले नवलपुर प्रदेशका ११ जिल्ला मध्ये सवैभन्दा अगाडी देखिएको हो । नवलपुरका १२ जना निको भएर घर फर्कदा १७२ जना आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य निर्र्देशनालय गण्डकीका अनुसार दोस्रोमा रहेको बाग्लुङ्मा अहिलेसम्म १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ्का २३ जना निको भएर घर फर्किएका छन् भने ११९ जना आईसोलेसनमा रहेका छन् ।
स्याङ्जाका १३५ जना संक्रमितमा २१ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित मध्ये ११२ जनाले आइसोलेसनमा उपचार गराईरहेका छन् ।


उता तनहुँका ९१ जना संक्रमित मध्ये ९ जना निको हुदाँ ८२ जानले उपचार गराईरहेका छन् । गोरखामा संक्रमितको संख्या ७२ पुगेको छ । ८ जना निको भएका छन् भने ६४ जनाको उपचार भैरहेको छ ।
पर्वतका ६८ जना संक्रमित मध्ये १० जना निको भएका छन् भने ५८ जनाको आईसोलेसनमा उपचार भैरहेको छ । यता कास्कीमा भने कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । ५ जना निको भएका छन् भने २९ जनाको उपचार भैरहेको छ ।
म्याग्दीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने २ जना निको भएका छन् । १२ जना आईसोलेसनमा रहेका छन् । लमजुङमा कोरोना संक्रमितको संख्या ११ पूग्दा १ निको भएका छन् भने १० जनाको आईसोलेसनमा उपचार भैरहेको छ ।
यस्तै मुस्ताङ् र मनाङ्मा १–१ जना संक्रमित फेला परेका निर्देशनालयले जनाएको । गण्डकीमा कुल संक्रमितको संख्या ७५३ पुग्दा निको हुनेको संख्या ९१ रहेको छ । गण्डकीका विभिन्न अस्पतालमा ६६० जना आईसोलेसनमा रहेका छन् भने २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार