पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजाको सिरुबारीका ५५ वर्षिय पुरुष रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
तिन दिन अगाडी भर्ना भएका उनी अत्याधिक निमोनिया र सुगरका समेत बिरामी भएका र अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । यससंगै कोरोनाका कारण पोखरामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जा वालिङ्का ६० वर्षीय एक पुरुषको पनि ज्यान गएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ३२ जना उपचाररत रहेका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।





