नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ३१२ जना डिस्चार्ज भएका छन् ।
यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको छ । साथै, देशभरका क्वारेन्टिनमा ७४ हजार २२ जना रहेको मन्त्रालयले जनाएको छ ।




