अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको एउटा भ्याक्सिन छिट्टै प्राप्त हुन लागेको बताएका छन् । एरिजोना राज्यमा आयोजित चुनावी र्यालीमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले केही मानिसहरूले कोरोना भाइरसलाई वुहान भाइरसु, कुङ फ्लुु र चाइनिज फ्लु समेत भन्ने गरेको उल्लेख गरेका थिए । “हामीले छिट्टै एउटा भ्याक्सिन पाउँदैछौं, हामीले अमेरिकी सेनाको तागत देखाइदिएका छौुं” उनले भने “विरामीहरूलाई बचाउन भेन्टिलेटरको कमी हुन दिईएको छैन्, न्यूयोर्कमा आफ्नो सरकारले अस्पताल बनाइएको छ तर, प्रयोग गरिएको छैन् ।”

कोरोनाका कारण अमेरिकाको अर्थव्यवस्थामा गम्भीर धक्का परेको छ । यसले बेरोजगारी बढाउने संकेत देखाइरहेको छ । हाल अमेरिकामा कोरोना संक्रमितको संख्या २३ लाख ३८ हजार २ सय ७५ बढि पुगिसकेको छ भने मृतक संख्या १ लाख २१ हजार बढि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार