पोखरा महानगरपालिका वडा नं.१४ को मसिना टोल सिल गर्नका लागि वडा कार्यालयले सम्बन्धित निकायसंग अनुमति मागेको छ ।
हालसम्म उक्त टोलका ४ जनामा कोरोना संक्रमण पुष्टि भैसकेकाले यसलाई थप फैलनबाट रोक्नका लागि टोल सिल गर्नुपर्ने आवाश्यकताको महसुस गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा सिल गर्नका लागि वडाले पोखरा महानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र मसिना टोल विकास संस्थालाई बोधार्थ उल्लेख गरि आवाश्यक सहयोग गरिदिन आह्वान गरेको छ ।
पोखरा महानपालिकामा आज साँझ पनि ४ जना सक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार