कास्कीको माछापुच्छ्रे गाउँपालिले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ६२ करोड ६७ लाख ६९ हजार २ सय ९० रुपैयाको बजेट पारित गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको सातौ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडीले बजेट प्रस्तुत गरेसंगै सर्वसम्वतले पारित भएको हो ।
सामाजिक विकास तर्फ १३.६४ प्रतिशतले ४ करोड ७० लाख ४६ हजार ८ सय रुपैया बजेट खर्च हुने भएको छ । त्यसैगरी पूर्वाधार विकास तर्फ ६८.२८ प्रतिशत अर्थात २३ करोड ५४ लाख ७२ हजार ४ सय ९० रहेको छ । आर्थिक विकास तर्फ ८.८७ प्रतिशत अर्थात ३ करोड ५ लाख ८० हजार रुपैया बजेट पूस्तुत गरिएको छ ।
वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ६.२५ प्रतिशतले २ करोड १५ लाख ५० हजार बजेट प्रस्ताव पेश गरिएको छ । त्यसै गरी सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहमा २.९६ प्रतिशतले १ करोड २ लाख बजेट प्रस्ताव पेश गरिएको छ । प्रस्तुतः गरिएको बजेट मध्य प्रशासनिक खर्च ७ करोड रुपैया रहेको छ ।




