पश्चिम बाग्लुङको ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोभिड १९ को महामारकिा बिच सार्वजनिक नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा सुडृढसंगै विस्तार र व्यवस्थापनमा विशेष जोड दिइएको नगरप्रमुख देव कुमार नेपालीले बताउनुभयो ।

साथै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायत भौतिक पुर्वाधारको विकास, पर्यटन पुनरुत्थान र खेलकुद लगायतका विषयहरु विशेष जोड दिएको छ । नगरप्रमुख नेपालीले बुर्तिबाङ प्राथमिक स्वाथ्य केन्द्रलाई सुविधायुक्त अस्पतालको रुपमा विकास तथा विस्तार गर्ने, व्यवस्थित तथा आधुनिक ल्याब तथा ब्लड बैंकको व्यवस्था गर्नेे, दन्त तथा आँखा उपचार केन्द्र थप गर्नेे, नगरपालिमा मेयर स्वाथ्य कार्यक्रम लागु गर्नेे, प्री–आईसोलेशन कक्षको थप व्यवस्थापन गर्ने र आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।

प्रमुख नेपालीका अनुसार नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने, आधुनिक कृषि उत्पादनमा जोड दिने, पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचार गर्दै संरक्षण र विकासमा जोड दिने, शैक्षिक गुणस्तरको विकास गर्ने, विद्यालयहरुमा बालमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन गर्ने, प्रा.वि.तहका बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गर्ने लगायतलाई प्राथामिकता दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार