पोखरा महानगरपालिकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम माथी टिप्पणी गर्दै विपक्षी दलको तर्फबाट महानगरपालिकामा प्रतिनिधित्व गर्ने दलका नेता एंव सचेतक रामराज लामिछानेले खुलेर सर्मथन गर्न सकिने अवस्था नरहेको बताएका छन् ।
तर, पोखरा महानरपालिकाका प्रमुख मान बहादुर जिसिले भने विरोध गर्नुको तुक नरहेको तर्क गरेका छन् । कोरोना महामारीसंग जुधन्का लागि सुडृढ स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखेर तय गरिएका महानगरका नीति तथा योजनाहरु समृद्ध महानगरको लक्ष्यसंग जोडिएका उनको तर्क छ ।
यस्तै पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलाले भने नीति कार्यक्रम परम्परागत रहेको टिप्पणी गर्दै अव्यवहारिक र अपरिपक्वताको संज्ञा दिए । पोखरा महानगरपालिका भुगोलका हिषावले मुलुककै सवैभन्दा ठुलो महानगर हो । यसको विकास सामरिक महत्वका दृष्टिले पनि अर्थपुर्ण मानिन्छ । तसर्थ पोखरा विकासका योजनाहरु दिर्घकालिन महत्वका हुनु जरुरी रहेको शहरी विकास योजना आयोगका उपाध्यक्ष डा.रामचन्द्र लामिछानेले तर्क गरे ।
पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रमसंगै बजेट पनि सार्वजनिक गरेको छ । नगरसभामा प्रस्तुत निति तथा कार्यक्रम बजेट माथी शुक्रबारदेखी मात्र छलफल आरम्भ हुनेछ ।




