गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ४२ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज साँझ थप १३ जनाको कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७ सय ४२ पुगेको हो ।
स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा पोखराका ४ सहित गोरखाका २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको प्रयोगशाला परिक्षणमा स्याङ्जाका ७ जनामा कोरोना पुष्टि भएको हो ।




