पश्चिम बाग्लुङ्को ढोरपाटन नगरपालिकाका थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको पिसिआर परिक्षणमा ढोरपाटनका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ढोरपाटनका १९, ३२, ४०, १८ र १८ वर्षीय पुरुष तथा ६७ वर्षीय एक महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै ढोरपाटन नगरपालिकामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।




