जिल्ला प्रहरी कार्यालय कास्कीको १ वर्ष नेतृत्व सम्हालेका प्रहरी उपरिक्षक एसपि दान बहादुर कार्कीसंग शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयका सम्पुर्ण प्रहरी कार्यालयहरुको तर्फबाट कार्कीको प्रहरी संगठन प्रतिको आस्था, प्रहरी कर्मचारी प्रतिको माया ममता प्रति आभार ब्यक्त गर्दै आगामी कार्यकालको सफलताका साथै सुखद व्यवसायीक तथा व्यक्तिगत जिवनको कामना सहित शुभकामना तथा फेरी भेटौला कार्यक्रम गरिएको निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।

सो क्रममा एसपि कार्कीले आफ्नो कार्यकालमा आवाश्यक सहयोग गर्ने प्रहरी कर्मचारी, संचारकर्मी, सरोकारवाला कास्कीवासी सवैप्रति आभार व्यक्त गर्नुभएको छ । कार्की प्रहरी प्रधान कार्यालय, बिशेष व्युरोमा सरुवा गरिएका छन् ।




