राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको छ ।

आइतबार समितिको हलमा बसेको बैठकले बैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै दिने विषयमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ ।

पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रतिनिधि सभाको पूर्ण बैठकमा पेश हुनेछ । आजको बैठकमा सो विधेयकमाथि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार