नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । आज मात्रै ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ९४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।




