कास्कीबाट सरुवा भई जान लागेका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले कार्यविवरण प्रस्तुत गरेका छन् । २०७६ जेठ १७ गतेदेखी २०७७ असार ६ गतेसम्म विभिन्न कसुरमा १ हजार ७ सय ५० मुद्धाहरु दर्ता गरिएका, सो अवधिका विभिन्न प्रकृतिका अपराधमा संलग्न भएका, गैरकानुनी कार्य तथा उच्छृङखल गतिविधि गर्ने २ हजार ४ सय ९० जनालाई कार्वाहीको दायरामा ल्याईएको एसपि दान बहादुर कार्कीले बताएका छन् ।
एसपि कार्कीको कार्यकालमा १ सय १६ जना फरार अपराधिहरु पक्राउ गरिएका बताईएको छ । बैङ्किङ कसुरमा ३७ जना विरुद्ध कार्वाही प्रक्रिया अगाडी बढाईएको छ । कार्कीको नेतृत्वमा निकै ठुलो मात्रामा लागुऔषध बरामद गरि २ सय ५७ जनामाथी १ सय ८१ वटा मुद्धा दर्ता गरिएको छ । यसअवधिमा १ सय २२ आत्महत्याका घट्ना घटेका छन् ।
जुवा खेल्दै गरेका ६५७ जनालाई पक्राउ गरिएको छ भने ७५ लाख २२ हजार बढि रकम बरामद गरिएको छ । हराएक २१९ थान मोवाईल, ३९ थान मोटरसाईकल र एउटा कार फेलापारि सम्बन्धित धनिलाई बुझाईएको कास्की प्रहरीले बताएको छ ।
ट्राफिक नियमको उल्लघंन गर्ने ६० हजार बढि सवारी कार्वाही गरिएकामा ४ करोड ६० लाख ६१ हजार राजश्व संकलन गरिएको एसपि कार्कीले बताए । एसपि कार्कीले आफ्नो कार्यकालमा सुमदायसंग प्रहरी कार्यक्रम निकै प्रभावकारी भएको बताएका छन् । जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कार्यमा नागरिकले पुर्याएको योगदान उनले प्रशंसा गरेका छन् ।




