गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार बाग्लुङको बाग्लुङ् नगरपालिकामा ५ जना र ढोरपाटन नगरपालिकाका ५ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
यस्तै तनहुँको घिरिङ् गाउँपालिकामा १७ जना र पर्वतको पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोेरोना पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।




