गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी अनुसार यो समाचार तयार गर्दासम्म नवलपुरमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ ।
निर्देशनालयका अनुसार स्याङ्जामा ७३, बाग्लुङ्मा ४२, पर्वतमा ३८ र गोरखामा ३६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

यस्तै तनहुँमा २६, कास्कीमा ७, म्याग्दीमा ३, लमजुङ्मा १ र मनाङ्मा पनि १ जनामा कोरोना भाइरस पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा अहिलेसम्म कोरोना भाइरस पुष्टि भएको छैन् । गण्डकीमा अहिलेसम्म निर्देशनालयका अनुसार ३२४ जनामा कोरोना पुष्टि भएको छ । उनिहरु मध्ये पुरुष ३०८ र महिला १६ जना रहेका छन् ।




