समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ को तयारी सुरु गरिएको आयोजक संस्था पोखरा उद्योग वाणीज्य संघले जनाएको छ । लगानीको सम्वद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ अयोजित मेला यहि पौष १८ देखी २८ गते सम्म पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने अध्यक्ष दामु अधिकारीले जनाकारी दिनुभयो ।
नेपाल भ्रमणवर्ष २०२० लाई सघाउ तथा पोखरा लगायत सम्पुर्ण राष्ट्रको औद्योगिक, कृषीजन्य उत्पादन, हस्तकलाको उत्पादन, सुचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत उत्पादनलाई बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । मेलामा औद्योगिक तथा व्यवपार मेला, हस्तकला मेला, कृषीमेला, पुष्पमेला, अटोमेला, सुचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधिहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी समान, लत्ता कपडा, श्रृगारका सामानहरुको बिक्रिवितरण लगायत मुख्य आकर्षण रहनेछन् ।
मेला सम्पन्न गर्न करिब ७० लाख खर्च र १ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । ३० लाख बचत गरि उद्योग व्यवसायको प्रवद्र्धन तथा उद्यमशिलता तालिममा खर्च गर्ने संघले जनाएको छ ।




