नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागि परेको आरोप लगाएकाछन्। पोखरामा आज (शुक्रबार) देखि शुरु भएको नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घघाटन गर्दै सभापति देउवाले स्वतन्त्र हुनु पर्ने महान्यायाधीवक्ता कार्यालय प्रधानमन्त्री मातहत राखेर मानव अधिकार आयोगलाई सक्ने रणनीतिमा सरकार लागि परेको आरोप लगाएका हुन्। उनले भने “ विकास र समृद्धिको कुरा गर्ने नेकपाको सरकारले त्यस अनुसार सिन्को भाँच्न नसकेपछि मिडियाले गरेको आलोचना सहन नसकेर मिडिया काउन्सिल बिधेयक अघि बढाएको हो, कांग्रेस कुनै पनि हालतमा सो बिधेक पारित हुन नदिने पक्षमा छ । ” झुट नाराका पछि नलाग्न जनतालाई आग्रह गर्दै उनले कास्कीमा पनि हुने उपनिर्वाचनमा कागेंसलाई जिताउने गरी प्रदेशका नेता तथा कार्यकतालाई जुट्न आग्रह गरेकाछन्। सभापति देउवाले कांग्रेस एक भएर लागेमा कसैले चुनाब हराउन नसक्ने दाबी गरे । सभापति देउवाले कास्कीको एउटा क्षेत्रमा एकजनाले मात्र टिकट पाउने हुँदा अरु आकांक्षीले सबै कुरा बिर्सेर कांग्रेस उमदवारलाई जिताउन तर्फ लाग्न आग्रह गरे ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शासनबाट निराश भएका जनतालाई कांग्रेसले भरोसा दिलाउन पनि उपविर्नाचनमा जित्नु पर्ने बताए । उनले भने “ हिजोको चुनाब कम्युनिष्टहरुले सिद्धान्तको राजनीतिले चुनाब जितेका हुन्, झुटको खेती गर्ने पार्टीलाई मतदान गरेर गल्ती गरेको जनताले बल्ल अहिले महशुस गरेका छन्।” कांग्रेस पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्ना एजेण्डाहरुलाई स्पष्ट साथ लिएर जनतामाझ गएमा भोलिका दिनमा कांग्रेसको जित सुनिश्चित हुने दाबी गरे । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कांग्रेसका पूर्ब उपसभापति गोपालमान श्रेष्ठ, पूर्ब महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य कमला पन्त लगायतले पार्र्टी भित्रको गुट उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । कांग्रेसको विधान, पार्टीका महत्वपूर्ण प्रस्ताव, सांगठनिक संरचना लगायत बारेमा प्रशिक्षण हुने भएको छ । प्रशिक्षणमा गण्डकी प्रदेशमा ११ जिल्लाका करिब ३ सय ५० जना भन्दा बढीको सहभागिता रहेको छ ।




