पोखरा, १४ फाल्गुन ।
पोखरामा भोलीदेखी सुरु हुने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी पुरा भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा हुने नाटक महोत्सवको तयारी पुरा भएको महोत्सव निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तले जानकारी दिए ।


महोत्सव उद्घाटनको दिनमा झाँकी सहितको र्याली निकालिने युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले बताए । महोत्सवको उद्घाटन बुधबार ११ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले गर्नेछन् ।
महोत्सवको सुरुमा पोखरा थिएटरको पाँचौ प्रस्तुतीको रुपमा रहेको नाटक निरमाया मञ्चन गरिनेछ । महोत्सव फागुन २२ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघर गैह्रापाटनमा चल्नेछ ।
महोत्सवमा तिन मुलुकका ८ नाटकहरु प्रस्तुत गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार