काठमाण्डौ, १३ फाल्गुन ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले सरकारले सामाजिक सञ्जाल र मिडियामा अंकुश लाउन खोजेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियले सोमबार काठमाडौमा आयोजना गरेको साइवर कानून र यसले मिडियामा पार्ने प्रभाव बिषयक अन्तक्र्रियामा उहाले साइबर कानुनमा कडाई गर्दे सरकारले सरकारले सामाजिक सञ्जाल र मिडियालाई नियन्त्रणमा लिन खोजेको पनि बताउनुभयो ।


महतले नेकपा सत्तामा रहेको अवस्थामा नियन्त्रण र निषेधमा सरकारको कदम अघि बढ्न खोजेको उहाको भनाई छ । सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ जनतामैत्री बढाउनुपर्नेमा उहाको जोड छ ।
कार्यक्रममा सरोकारवालाहरुले सूचना प्रविधि सम्बन्धी विधेयकको छलफललाई जनतामाझ लगेर मात्र प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार