काठमाण्डौ, १३ फाल्गुन ।
अष्ट्रेलियामा नेपाली बिद्यार्थी अलपत्र पर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा प्रदर्शन गरेका छन् ।
उनीहरुले काठमाडाको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गर्दे बिद्यार्थीहरुको उद्दार गर्नुपर्ने, विद्यार्थीको भविष्य अन्योल पार्ने कन्सल्टेन्सीलाई कारवाही गर्नुपर्ने भन्दै नारा लगाएका थिए । प्रदर्शनका कारण सो क्षेत्रमा आधा घण्टा सवारी आवागमन अवरुद्ध भएको थियो भने विद्यार्थीहरुले एक नीजी गाडीमा तोडफोडसमेत गरेका छन् ।


उनीहरुले उक्त घटनाका दोषीलाई कारवाही नभएसम्म विरोध जारी राख्ने जनाएका छन् । अध्ययनका लागि ठूलो लगानीमा अष्ट्रेलिया पुगेका एक हजार बढी विद्यार्थी अवैध कलेजमा भर्नापछि समस्यामा परेका हुन् । सो बिषयमा छानविन गर्न शिक्षा मन्त्रालयले छानविन समिति पनि गठन गरिसकेको छ ।
शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार