पोखरा, ०१ फाल्गुन ।
कास्कीको पोखरा महानगरपालिका वडा नं ५ सिमानामार्ग बासटारी धारापानी बाटो र्निमाणको कार्य रोक्नु गलत भएको उपभोत्ताहरुले प्रतिकृया दिएका छन ।
पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि उपभोत्ता समितिका अध्यक्ष युवराज खतिवडाले बाटो र्निमाणको काम अगाडी बढीरहेको शन्र्दभमा वडाले उपभोत्ता माथि ज्यादति गर्नु गलत भएको बताएका छन ।


र्निमाणस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपभोत्ता समितिका अध्यक्ष खतिवडाले बाटो र्निमाण नरोकीने पनि बताए । कमिसन खान नपाएका कारण बाटो र्निमाणमा अबरोध भएको उनको दावि छ ।
उक्त क्षेत्र अहिलेसम्म महानगरपालिका भएपनि ओझेलमा पर्दे आएको र अहिले बाटो र्निमाण कार्य आरम्भ हुँदा स्थानिय खुशि भएपनि वडाले ब्यात्तीगत आग्रह राखेर र्निमाण रोकेको पत्रकार सम्मेलनमा सहभागि भएको स्थानियहरुको भनाई छ ।
एकातिरको काममा अर्को तिरको बखेडा निकालीएको उनीहरुले बताए । अध्यक्ष खतिवाडाले भने महानगरले दिएको पचास प्रतिशत रकम र उपभोत्ताले दिएको केही रकममा अपुग भए आफुहरुले ब्यात्तीगत रुपमा खर्च गर्न तयार हुँदा समेत वडाले बखेडा निकालेको बताए ।

आफुहरु समाजसेवा गर्छू भन्दा वडाअध्यक्षले नमान्नु आश्चर्यको बिषय भएको उनले बताए । योजनामा कमिसन माग्ने र नपाए अनेक बखेडा निकाल्ने परम्परामा वडाअध्यक्ष र वडा सदस्य लागि परेको खतिवडाको आरोप छ ।

नागरीकले आफ्नो घर वरपर बाटो र्निमाण गर्छू भन्दा पनि रोक लगाउने जनताको प्रतिनिधि हुन नसक्ने भन्दै वडा कार्यलयमा अन्य उपभोत्ताहरु पनि आक्रोशित भएका थिए । खतिवडालाई देखाएर आफुहरुको बिकास रोक्न खाजेको भन्दै उपभोक्ता समितीका उपाध्यक्ष योगराज पौडेलले आपत्ती जनाए ।
त्यस क्षेत्रमा १९ रोपनी १३ आना २ पैसा १ दाम क्षेत्रफल जग्गा दर्ता प्रकृया उन्मुख छ । उत्त जग्गामा अहिले करिव १ सय २७ वटा पक्की घरहरु छन । कित्ता नं ६९३ (पुरानो) भित्र रहेको पुर्खादेखि भोगचलनमा आएको तर लालपुर्जा नभएको जग्गामा उपभोक्ता समितिका अध्यक्ष युवराज खतिवडा पनि बस्छन । महानगरले खतिवडाको घर भत्काउन डोजर लगाएको थियो । पर्ति जग्गामा घर र्निमाण भएको भन्दै महानगरले खतिवडाको नाममा घर भत्काउन चिट्टि काटेपनि उनले घर नभत्काएपछि महानगरको डोजर गएको हो ।

खतिवडाले भने वडाले आफुलाई मात्र टार्गेट गरेको कारण आफुले नभत्काएको बताए । एक त उत्त जग्गा सम्मानित अदालतमा बिचाराधिन अबस्थामा छ, अर्को त्यहाँ आफु बाहेक दर्जनौ बिल्डीङ्ग छन, उनले भने । अरु कसैको केही नगर्ने खाली म माथि मात्र आक्रमण गर्ने काम वडाले गरेको उनको भनाई छ ।
पोखरा महानगरपालिका प्रबक्ता तथा वडा नं. ५ का वडाअध्यक्ष धनबहादुर नेपालीले खतिवडाले भने बमोजिम काम नगरेकोले उपभोत्ता समितिबाट समेत हटाइएको बताए । राति फेसबुक स्टाटस हालेर वडाअध्यक्ष नेपालीले खतिवडालाई पदमुत्त गरिएको भनेका छन ।

स्टाटसमा उनले उपभोत्ताहरुका छलफलबाट अध्यक्ष पद बाट हटाइएको जनाएका छन । खतिवडाले निजि लगानीमा समेत बाटो र्निमाण गर्न नदिने अध्यक्ष नेपालीको स्टाटसमा उल्लेख छ । वडाअध्यक्ष नेपालले खतिवडाले पर्ति जग्गामा घर बनाएको र महानगरको आदेश उल्लंघन गरेकाले उनले बाटो समेत बनाउन नपाउने दावि गरे । वडा र उपभोत्ता बिचको बिबादले र्निमाणाधिन अबस्थाको बाटो अलपत्र पर्ने देखिएको छ ।



