चितवन, २४ माघ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुक निकै ठुलो अवसर र चुनौतीको बिचमा होमिएको बताएका छन् ।

चितवनमा आयोजित स्व.भवानी प्रसाद पौडेलको श्रद्धाञ्जली सभामा बोल्दै उनले परिवर्तनका कयौन खुड्किलाहरु उक्लदै मुलुक अहिले विकास र समृद्धिको अभियानमा अव सार्थक योगदानको प्रतिक्षामा रहेको बताए ।


समाज विकासको लामो यात्रा वा समाजवादको अनन्त यात्राको प्राराम्भमा आईपुगेको बताएका उनले अवको १० वर्ष भित्रमा कयौ विकासका ढोकाहरु खोलिनु आवाश्यकता र चुनौतीका सझा विषयहरु भएको बताए ।

सरकार जनताका अपेक्षाहरु पुरा गर्ने ध्याउन्नमा लागिरहेको उनले बताए ।

निकै भरोसाका साथ मत जाहेर गरेर मुलुकलाई राजनीतिक अस्थिरताको चंगोलबाट उन्मुक्ति दिएका नागरीकहरु प्रति राज्य सरकार प्रतिवद्ध रहेको उनले विश्वास दिलाएका छन् ।


राज्यले गर्न लागेको नयाँ व्यवस्था अनुसार सवैलाई अनिवार्य शिक्षा र बेरोजगार भट्टाले समाज रुपान्तरमा दुर्गामी असर पार्ने उनेले अपेक्षा व्यक्त गरे । अध्यक्ष प्रचण्डले आउने पुस्ताका लागी कठोर संघर्ष पश्चात सिस्टम (प्रणााली) बदलेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार