काठमाण्डौ, २४ माघ ।
नेपाली कांग्रेसको महासमिति बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा छलफल सुरु भएको छ ।


बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा जिल्ला सभापतिहरुले विधान संशोधनका लागि दिएको सुझावका बारेमा छलफल सुरु भएको हो । उनीहरुले महासमिति बैठकमा केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु वडा तहबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षणमा एक पटक मात्रै अवसर पाउनुपर्ने सुझाव दिएका थिए ।
बिहीबार बसेको बैठकमा जिल्ला सभापतिहरुले दिएको सुझावसँगै भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमितिका बारेमा पनि छलफल भएको प्रवक्ता बिश्वप्रकाश शर्माले बताउनुभयो । त्यस्तै नेविसंघको महाधिवेशनका र सरकारको गतिविधीका बारेमा पनि छलफल भएको उहाले बताउनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक माघ २८ गतेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार